सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई मंगलबारको संसदको बैठकमा आफैले गरेको प्रश्न सम्झाउने बताएको छ । पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रमेश लेखकले एक बर्ष अगाडी संसदमा दिएको अभिव्यक्ति सम्झाउन चाहेको बताए । झाले गृहमन्त्री लेखकलाई प्रश्न सोध्न पाउनु पर्यो भन्दै प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकले मंगलबार भिजिट भिसा प्रकरणमा संसदमा जवाफ दिने बताइरहेका बेला रास्वपाले पहिला प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीको जवाफ सुन्ने बताए । साथै झाले अनुसन्धान शुरु नै नहुदै पार्टीको पदाधिकारी बैठक बसेर क्लीन चिट दिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसकै नेताहरुले प्रश्न सोधिरहेको बेला पदाधिकारी बैठकले क्लीन चिट दिएकोप्रति आपत्ति जनाए ।