सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् । पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । बागलुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदालतले बयान लिएको थियो । आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय हिनामिना गरेको भन्दै नेपालीसहित १५ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।