अख्तियारबाट अनुसन्धान नटुंगिदै गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचिट’

सोमबार, जेठ १२, २०८२

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको संलग्नता नरहेको भन्दै उने राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको हो। बैठकमा मन्त्री लेखकले आफ्नो संलग्नता नभएको भनेर सो प्रकरणबारे सबिस्तार बताएको र आफुहरु त्यसमा विश्वस्त भएकाले राजीनामा दिनुनपर्ने निर्णय भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताए। अख्तियारले गत बुधबार विमानस्थलस्थित अध्यागमन प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। अध्यागमनमा संस्थागत र संगठित रुपमा भिजिट भिसाको सेटिङ बढेको सूचना संकलन गरी आयोगले छापा हानी हाल अनुसन्धान गरिरहेको छ। आयोगले अनुसन्धान थालेको एक साता नहुँदै पार्टीले गृहमन्त्री लेखकलाई ‘क्लिनचिट’ दिएको हो। कांग्रेसकै नेताहरू डा.शेखर कोइराला लगायतले समेत र्नैतिकताका आधारमा भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक रुपमा बताइसकेका छन्। अख्तियारले सहसचिव भट्टराई तथा बिचौलियाको मोबाइल जफत गरी थप प्रमाण संकलन गरिरहेको छ । सहसचिव भट्टराईलाई गृहमन्त्री लेखकले गत असोजमा अध्यागमनमा पठाएको थियो। त्यसयता भिजिट भिसाको सेटिङ बढेको थियो। मन्त्रीको लेखकको सचिवालयमार्फत अध्यागमनमा कर्मचारी खटनपटन हुँदै आएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार