ट्रम्पले युरोपसँग कर सम्बन्धि वार्ताको समय बढाए

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन् । ट्रम्पले युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमत भएको बताएका छन् । यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन् । उर्सुला भोन डेर लेयनले इयु र अमेरिकाको संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध रहेको बताउदै युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार रहेको बताएकी थिइन् । ट्रम्पले भनेका छन्- 'आज मलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँग फोनमा कुराकानी भएको छ, जसमा उनले मलाई व्यापार र युरोपेली संघको सम्बन्धमा ५० प्रतिशत ट्यारिफको लागि जुन १ को समयसीमा बढाउन आग्रह गरेकी छिन् । म जुलाई ९, २०२५ सम्मको समयसीमा बढाउन सहमत भएको छु ।'गत महिना, ट्रम्पले अधिकांश इयु सामानहरूमा २० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । पछि, वार्ताको लागि समय दिँदै, जुलाई ८ सम्ममा भन्सार दर १० प्रतिशत बनाएका थिए । यद्यपि, शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए तर अब वार्ताको समयसीमा बढाएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार