रवि लामिछाने बारे सर्वोच्चको आदेश सच्च्याइयो

सोमबार, जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै पठाउने उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गर्दा सर्वोच्च अदालतले त्रुटि गरे पछि सच्याइएको छ । शुक्रबार सर्वोच्चले लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा आदेशको सट्टा 'फैसला' लेखेको थियो । आदेशको ठाउँमा फैसला लेखिएपछि संशोधन गर्न आइतबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका लागि पेशी तोकिएको थियो । सो इजलासले फैसलालाई 'आदेश' लेख्दै सच्याएको हो । जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्च अदालत दाङको बुटवल इजलासलले लामिछानेलाई थुनामै पठाउन दिएको आदेश सर्वोच्चले पनि सदर गरिदिएको थियो । अब मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछाने कारागारमै रहनेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार