पूर्वराष्ट्रपति भण्डारी चीनमा, आज बिशेष सम्बोधन गर्ने

सोमबार, जेठ १२, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पूर्व राष्ट्रपति बिधादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् । गत शनिवार राति एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी  हिजाे बिहान बेइजिङ पुगेकी हुन् ।  १० दिने लामो भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले सोमबार र शुक्रबार प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दैछिन् । जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ ।  उक्त कार्यक्रम भने बेइजिङको स्थानिय समय अनुसार सोमबार बिहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् । शुक्रबार भने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार