सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभाले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएर दर्शन गरी कथा श्रवण गर्न सबै भक्तजनलाई आग्रह गरेकी छिन् । शनिबार पोखरा कोटिहोम विराट ज्ञान महायज्ञमा कथावाचनको क्रममा उनले १४ दिन महायज्ञमा आएर कथा श्रवण गरेका भक्तजनहरूलाई पुनःकथा श्रवण गर्न आउनको लागि आग्रह गरेकी हुन् । उनले भनिन्, ‘तपाईंहरूको मायाले नै म यहाँ आए । १४ दिनसम्म जसले जसले कथा श्रवण गर्नुभयो तपाईहरू पनि फेरी आएर तपाईहरूको छोरीको मुखबाट पनि कथा सुनिदिनुहोला ।’ त्यस्तै उनले पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा सबैजना नयाँ लागेको भएता पनि अहिले दोस्रो पटक आउँदा सबै पुरानो र जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको अनुभव सुनाइन् । उनले भनिन्,‘पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा मलाई सबैजना नयाँ लागेको थियो । तर अहिले दोस्रो पटक आउँदा सबै पुरानो भएको जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको छ ।’
अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको समुद्घाटन समेत गरिएको छ । उनले आज देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको हो । देवी प्रतिभाले नेपाल भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको‘प्यार से बोलो ना’ शब्दले पोखारा कोटिहोम गुञ्जायमान भइरहेको छ । उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यही मायाको कारण पुनःपोखरामा कथा वाचनको लागि आएकी छु । पोखरा बासीबाट दुई दिनमा एक हजार म्यासेज आयो भने आउँछु भनेको थिए । तर एक घण्टामा नै आयो यो मायाको लागि आभार छु ।’