सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पशु कल्याणकारी संस्था स्नेहाज केयरले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले अहिलेकै सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन महिनाभित्र ऐन ल्याउने गरी तयारी गर्छु ।’ पशु अधिकारको क्षेत्रमा स्नेहाज केयरले गरेको कामबाट प्रभावित भएको समेत बताए । स्नेहाज कयेरले नेपाल फार्मर्स एडभाईजरी काउन्सिलसँगको सहकार्य गरेर नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले आफू पशु अधिकारको घटनाप्रति भावुक र संवेदनशील समेत भएको बताए । अन्तक्र्रियामा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य सम्झना थपलिया, रञ्जिता श्रेष्ठ, मिना तामाङ, विजुला रायमाझीले पशु अधिकार र पशु कल्याण ऐनका विषयमा धारणा राखेका थिए । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समति सदस्य बिजुला रायमाझीले पशु कल्याणको विषय निकै महत्वपूर्ण र पेचिलो भएको बताइन् । सबै प्राणीको बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने गरी समितिमा दफादार छलफल गर्ने बताउँदैै पशु कल्याण ऐनलाई छिटो पारित गराउन सक्दो प्रयत्न गर्ने धारणा राखिन् । अर्का सदस्य रञ्जिता श्रेष्ठले बोल्न नसक्ने प्राणीका लागि आफूले बोल्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन् ‘ भनिन्, यो गम्भीर विषय हो , यो विषयलाई प्राथमिकतामा राखेकी छु ।, ऐन पारित गराउन सक्दो प्रयास गर्छु ।’ विश्वका विभिन्न देशहरुमा पशु कल्याण सम्बन्धि कानुन धेरै पहिले नै निर्माण भई लागु भईसकेको अवस्था थियो । छिमेकी देश भारतले समेत सन् १९६० मा पशु कल्याण ऐन निर्माण गरेको र सन् १९६२ मा पशु कल्याण वोर्ड नै स्थापना गरि पशु कल्याण सम्बन्धि कार्यहरु गरिरहेको सन्दर्भमा नेपालमा समेत जनावरहरुप्रति हुने निर्दयी व्यवहारलाई रोक्न र पशु कल्याण प्रवद्र्धनका लागि कानुनी आधार सृजना गर्न छुट्टै पशु कल्याकण ऐनको आवश्यकता छ । नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०८/०२ मा सैद्धान्तिक सहमति प्राप्त भएको उक्त ऐनको मस्यौदा विधेयक छलफलमा छ । उक्त ऐन चाँडोभन्दा चाँडो जारी गर्नका लागि सरोकारवालाहरुसँगको छलफलका लागि यो अन्तक्र्रिया आयोजना गरिएको थियो ।
स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणको आवश्यकता र महत्व विषयमा केन्द्रित प्रस्तुतिकरण गरिन् । उनको प्रस्तुतिमा पशु कल्याणका लागि संस्थाले गरेका क्रियाकलापहरु समेटिएको थियो । उनले नेपालमा पशु कल्याण ऐन पशु कल्याण अभियन्ताहरुको लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरि लागु गर्नुपर्ने र समयसापेक्ष संसोधन गर्दै जानुपर्नेमा जोड दिइन् । बरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तृतिकरण गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानूनि प्रावधानहरुका सम्बन्धमा प्रस्ट पारे । पशु कल्याण ऐनलाई एकिकृत कानुनको रुपमा नभई छुट्टै कानुनको रुपमा ल्याउनुपर्नेमा उनले जोड दिए । उनले सम्मानित सर्वोच्च अदालतबाट भएका परमादेशहरुको मर्म बमोजिम पनि छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने आवश्यकता औल्याए । कार्यक्रमका अध्यक्ष नेपाल फार्मर्स एडभाईजरि काउन्सीलका अध्यक्ष एवम् पूर्व सचिव डा। योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशहरुभन्दा नेपाल दुई सय वर्ष पछि रहेको बताए । भारतमा समेत १९६० मै पशु कल्याण ऐन जारि गरि सन् १९६२ मा शक्तिशाली पशु कल्याण बोर्ड नै स्थापना भएको छ । उनले भने, ‘ हामीले त्यसबाट धेरै सिक्नुपर्ने बताउँदै कानुन निर्माणमा नेपाल सरकारको उदासिनता देखाएको छ ’ कानुन निर्माणमा सबै प्रतिबद्ध जुट्नुपर्ने धारणा राखे । कार्यक्रमको अध्यक्षता डा। योगेन्द्र कार्कीले गरेका थिए । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सांसदहरु, मन्त्रालय तथा विभागका पदाधिकारिहरु, नेपाल भेटनरी एशोसिएसनका अध्यक्ष ज्यू, पशु सेवा विभागका पूर्व महानिर्देशक ज्यू, कानुन व्यवसायीहरु, पशु अधिकारकर्मीहरु लगायतको उपस्थिति थियो ।
संघीय पशु कल्याण ऐन आएपछि ललितपुर महानगरले पनि ल्याउने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संघीय पशु कल्याण ऐन जारी भए लगत्तैको हिँउदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्नेहाज कयेरले नेपाल फार्मर्स एडभाईजरी काउन्सिलसँगको सहकार्य गरेर नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व विषयक अन्तक्र्रियामा उनले भने, ‘संघीय कानुन नभई हामीलाई के मा टेकेर कानुन बनाउने भन्ने हुन्छ , संघीय पशुकल्याण ऐन आएपछि हामी स्थानीय कानुन बनाउँछौं ।’ ललितपुर महानगरका प्रमुख महर्जन पशु अधिकारसँग सम्बन्धित विषयमा संवेदनशील स्थानीय सरकार प्रमुखको रुपमा परिचित छन् । महानगरले अघिल्लो वर्ष भेटनरी एम्बुलेस उपलब्ध गराएका थिए । स्नेहाज केयरले पशु अधिकारको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । महानगरले रेबिज विरुद्धको खोप, बन्ध्याकरण लगायतका कार्यक्रममलाई सहयोग गरेको बताउँदै पशु अधिकारको क्षेत्रमा स्नेहाज केयरसँग निकट भएर काम गरेको प्रतिक्रिया दिए । स्नेहाज केयरले पशुअधिकारको क्षेत्रमा प्रशस्तै काम गरेको बताउँदै कानुन अभावमा थप काम गर्न अप्ठ्यारो परेको समेत उनले बताए ।