अस्तित्व जोगाउने प्रयासमा हुलाक, कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

निजी क्षेत्रसँगप्रतिस्पर्धा कति संभव ?
शुक्रबार, जेठ ९, २०८२
Global Ime Bank

अहिले हुलाकको महत्व बढ्दो छ । ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालका कागज, राहदानी, लालपूर्जा, नागरिकता, एटिएम जस्ता अति संवेदनशील बस्तुहरु पनि हुलाक मार्फत पठाउने गरिएको छ । त्यसैले आम नागरिकहरुका लागि हुलाक थप विश्वासिलो बन्दै गएको छ ।
मनमाया भट्टराई पंगेनी
महानिर्देशक
हुलाक सेवाविभाग


काठमाडौं । प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनु पर्ने वाध्यतामा छ । सामान्यत हुलाक सेवा भनेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्याउने माध्यममात्र भन्ने बुझाइलाई चिर्न हुलाक सेवा विभागले विभिन्न माध्यम अपनाउन पनि थालेको छ । आफ्नो अस्तित्व जोगाउन हुलाकले सेवा र कार्यशैलीमा परिवर्तन गर्दै लगेको छ ।
कुनै समय एकमात्र सञ्चार माध्यमका रूपमा रहेको हुलाक सेवा विगत केही समययता ओझेलमा पर्दै गइरहेको थियो । पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिले हुलाकलाई विस्थापित गर्दै गएको जस्तो पनि देखिन्छ । 
हुलाक भन्ने वित्तिकै चिठीपत्र आदनप्रदान गर्ने माध्यम मात्र हो भन्ने मानिसको बुझाइका कारण पनि यसको प्रभावकारिता घट्दै गएको हो । देशभित्र र बाहिर चिठीबाहेक अन्य सबै सामान ल्याउन र पठाउन हुलाक प्रयोग गर्ने हो भने वर्तमान समयमा पनि हुलाकलाई जोगाउन सकिने भएकाले विभागले आफ्नो सेवामा फरक पना ल्याउन थालेको हो ।
निजीक्षेत्र मार्फत हुने गरेको कुरियर र कार्गो अपरेटर जस्तै सेवा हुलाकले पनि दिएपछि सेवाग्राहीहरु हुलाक प्रति थोरै भए पनि आकर्षित हुन थालेका छन् । 
यसै सन्दर्भमा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा हुलाकलाई समयसापेक्षित रुपमा विकास गर्दै अगाडि बढेको बताएकी छन् । 
उनले अहिलेसम्मलाई हुलाकलाई नागरिक एप, ट्रयाकिङ सिस्टम राख्ने र हुलाक कार्यालयमा क्यूआर कोडबाट पैसा तिर्न मिल्ने सिस्टम ल्याएकाले चिठीपत्रमात्र नभइ अत्यावश्वक सामग्रीहरु दैलो–दैलोमा पुर्‍याउने योजनाअनुसार अघि बढिरहेको बताइन् ।
हुलाक मार्फत आउने सामान घर घरसम्म पुर्‍याउन सक्ने हो भने जनतासँग सिधैँ जोडिने र बिचौलियाहरुले नाफाखाने बाटो नहुने पनि उनको भनाइ छ । 
ट्रयाकिङ सिस्टमको कुरा गर्दा हुलाकमार्फत पठाएको सामान कहाँ पुग्यो र कति समयमा गन्तव्यमा पुग्छ भन्ने कुरा घरै बसेर हेर्न सकिने सिस्टम हो, यससिस्टम पश्चात पनि हुलाक प्रभावकारी र विश्वासिलो भन्दै गएको छ । 
नेपालको सफ्ट वेयर एकदमै राम्रो छ । यसलाई व्यवस्थापन गरेर सही तरिकाले सञ्चालन गर्ने हो भने हुलाक एकदमै राम्रो तरिकाले अगाडि बढ्न सक्छ । 
उनले भनिन्, ‘हुलाकपूर्ण रुपमा डिजिटल त भइसकेको छैन् । अहिले हुलाकलाई नागरिक एपमा राख्ने सोचेका छौं । ट्रयाकिङ सिस्टम पनि डिजिटल हो । क्यूआर कोडबाट पैसा तिर्न मिल्ने सिस्ट मल्याएका छौं । पहिला लाइन लगाएर बस्नुपर्ने थियो भने अहिलेबाट लाइन लाग्न पर्दैन् । अब विस्तारै दैलो–दैलोमा आफ्नो सामान पुर्‍याउने सपना छ । यस्तो भयो भने बिचौलियाहरु हट्दै जान्छन्, हामी सिधै जनतासँग जोडिन सक्छौ । यसमा डिजिटल हुलाकले सहयोग गर्छ ।’
यसको साथै, उनले हुलाक सेवामा जनशक्तिको आवश्यकता पर्ने नै भएको हुनाले पूर्ण रुपमा अनलाइन हुन नसक्ने पनि जानकारी दिइन् । 
उनकाअनुसार पूर्ण रुपमा डिजिटल कुनै पनि ठाँउमा हुन सक्दैँन्, सबै काम अनलाइनबाट भएपनि सामान पुर्‍याउनको लागि जनशक्तिको आवश्यकता हुन्छ र हुलाक भनेको डेलिभरी सेवा भएकाले डिजिटल हुनुपर्ने ठाँउमा डिजिटल भएको छ । 
विगतमा हुलाक छायामा परे पनि केही समय यता यसको प्रभावकारिता बढ्दो क्रममा रहेको छ । महानिर्देशक पंगेनीका अनुसार ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालका कागज, पासपोर्ट, लालपूर्जा, नागरिकता, एटिएम जस्ता महत्वपूर्ण कागजातहरु हुलाकमार्फत नै ल्याउन र पठाउन सकिन्छ । साथै, अमेरिकासँग नेपालबाट जाने सामान हुलाकबाट नै हुनुपर्छ भनेर सम्झौता पनि भएको उनले जानकारी दिएकी छन् । 
उनले भनिन्, ‘अहिले हुलाकको महत्व धेरै नै भएको छ । ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालको कागज, पासपोर्ट, लालपूर्जा, नागरिकता, एटिएमजस्ता अति संवेदनशील कुराहरु पनि हुलाक मार्फत पठाउने गरिएको छ ।किन भने हुलाक भनेको विश्वासिलो हुन्छ । अहिले जापानमा केही सामान पठाउनु पर्यो भने हुलाकमार्फत नै पठाउनु पर्छ । अन्य कुरियर वा कार्गोमार्फत पठाउने हो भने जापानले लिंदैन् ।’
विसं १९३५ मा हुलाक घरको स्थापनाभई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो ।
साथै, मुगु, हुम्ला जस्ता विकट ठाँउमा निजी कुरियर कम्पनीहरुले सामान ल्याउन र लान मान्दैनन् किनभने त्यहाँ हिडेर जानुपर्छ र निजी कम्पनीहरु आफ्नो नाफा हेरेर मात्र काम गर्ने गर्दछन् तर हुलाकले त्यस्तो ठाँउमाप नि सामानल्याउने र लाने काम गरिरहेको पनि उनको भनाइ रहेको छ ।
विकट ठाँउमा जानको लागि हुलाकको जनशक्ति भने कमभएको पनि उनको गुनासो छ । 
‘अहिले पुनःसंरचना भइसकेपछि जनशक्ति थपिएको छ । तर अझै पुगेको छैन् । तराइ तिर जहाँ साइकबाट पनि सजिलै पुग्न सकिन्छ, त्यहाँ जनसंख्याको आधारमा धेरै मान्छे राखिएको छ तर त्यो अझै प्रभावकारी भएको छैन्,’ उनले भनिन्, ‘तर कुनै दुर्गम जस्तै–हुम्ला, मुगु, जाजरकोट, कालिकोट, पूर्वमा ओखलढुङ्गा तिर हेर्ने हो भने कुनै कुनै ठाँउयस्तो छ जहाँ एउटा वडाबाट अर्को वडा जान एकदिन लाग्छ । यस्तो ठाँउमा जनशक्तिको कमीछ ।यो कुराहरु विस्तारै समाधान होला भन्ने आशा छ ।’
यसकासाथै, उनले काठमाडौं डिल्लीबजारमा भएको हुलाकको कार्यालयमा चिठी आउने, पठाउने, वितरण गर्ने जस्ता सबै कामहरु हुने गरेको भए पनि ठाउँको अभाव रहेकाले सेवाप्रवाह गर्न कठिन भइरहेको सुनाइन् ।
नागरिक सचेतनामाहुलाक
सरकारले हुलाक सेवाको महत्व र प्रभावकारिता बृद्धि गर्न सचेतना कार्यक्रमहरु आयोजना गरिरहेको छ । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जनचेतनामार्फत हुलाकको प्रभावकारिताबढाइरहेको सुनाइन् । 
उनले हुलाकको प्रभावकारितालाई बढाउनका लागि विभिन्न समूदायका विद्यार्थीहरुमा नागरिक सचेतनाका कार्यक्रमहरु गरिरहेको बताइन् । निजीक्षेत्रले पनिविभागसँग समन्वय गरिरहेको जानकारी गराउँदै उनले एकले अर्कोलाई सपोर्ट गरेर सँगसँगै अगाडि बढिरहेको सुनाइन् । 
‘हामीले विद्यार्थीहरुलाई पनि थाहा दिनुपर्ने छ । त्यसैले समूदाय स्तरमा पनि विद्यार्थीहरुसँग हुलाकलाई लगेको छौं । पुर्नसंरचना भइसकेपछि हुलाक सेवा तपाइँहरुको अंग बनेको छ है भन्ने कुरा गरिरहेका छौं । नागरिक सचेतनाहरु गर्दैै छौं,’ उनले भनिन् ।
त्यस्तै,महानिर्देशक भट्टराईले हुलाकभन्ने वित्तिकै चिठीपत्रभनेर बुझिने गरेको पाइएको भन्दै उनले हुलाकभनेको टिकटपनिहो भनेर बिर्सन नमिल्ने धारणा राखिन् ।  नचिनेका प्राकृतिक सम्पदा पुरातात्वीक धरोहरहरुलाई उजार गर्ने, इतिहास बचाउने, पर्यटनप्रवद्र्धन र विश्वसम्पदामा सूचिकृत गर्नुपर्ने तर छुटिरहेका कुराहरुलाई वकातल गर्ने जस्तामहत्वपूर्ण विषयमाटिकटको ठूलो भूमिका रहने गरेको उनले बताइन् । 
यतिमात्रहोइन् उनको अनुसार टिकटको माध्यमबाट चोरी भएको बौद्धिक सम्पत्तिहरुलाई समेत टिकटको माध्यमबाट अनुसन्धान गर्न सकिन्छ ।त्यसैले हुलाक एक अभिन्नअंग बनेको उनको बुझाई छ ।
७ सय ५३ वटापालिकामाहुलाक
अहिले हुलाकसेवाको पुनःसंरचनाभएपछि७७जिल्लामाहुलाकपुगेको छ । पहिलाको इलाकाहुलाककार्यालयहरु खारेज भएपछि७ सय ५३ वटापालिकामाहुलाकपुगेको छ । एक स्थानीयतह, एक हुलाककार्यक्रमकार्यान्वयनपनिभएको छ । 
हुलाकले इएमएस सेवालाई पनिबढाउदैँ गएको छ । इएमएस(एक्सप्रेस मेल सेवा)अर्थातउच्चगति, कमप्रिमियम र समयबद्धग्यारेन्टी गरिएको डेलिभरी सेवाको सामान्यनामहो। घरेलु इएमएस सेवा १९९१ मा सात नगरपालिकाहरूबाट सुरु गरिएको थियो र २०१० मा यी स्थानहरूको संख्या ६२ पुगेको छ। अबको हुलाक सूचनाप्रविधिमाआधारित हुदैँ अघिबढेको छ । 
हालहुलाककार्यालयलेवैदेशिक र आन्तरिक हुलाकमातौलको आधारमा दैनिक कारोबारको हिसाबले २० लाखभन्दाबढिकोकारोबार गर्ने गरेको विभागले जनाएको छ ।
इएमएसले गर्दा वैदेशिकहुलाककार्यालयबाट,आदानप्रदानहुनेचिठीपत्रहरु बढेको छ । त्यसलाई संख्यामाभन्दापनितौलको आधारमा आर्थिक वर्ष ०८०।८१ लाई हेर्ने हो भने वर्षभरि भएको कारोबार अहिले तीनमहिनामा नै भएको छ । 
हुलाकबाटजाने पार्सल नेपाली एयरलाइन्सको पहुँचजहाँसम्मपुगेको छ त्यहाँसम्मजान्छ । इएसएस भने निश्चित सम्झौतागरिएको देशहरुमापुगेको छ र अन्य सामान्यचिठीकुटनीतिक सम्बन्धभएको सबै देशमापुगेको छ । यसरी हुलाकले प्रविधिमार्फत फेरि बजारमा आफ्नो अस्तित्व देखाउनथालेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार