बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बुधबार, जेठ ७, २०८२

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ । अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।  उक्त छलफलमा बोल्दै  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन् ।  उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् । उनले भने, ‘यही समितिको कुरा हो गभर्नर । यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ । कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर  छानविन समिति बनाइनुपर्छ ।’ यसैगरी, नेपाल राष्ट्र बैंकका  पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए । उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ । हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ । देश विकास गर्नु पनि छ, तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं ।’ साथै, उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए । उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए ।

Photo-(10)-1747831232.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार