भारतले युद्ध चाहेको छैन्, युद्धको लागि कसैले पनि नउक्साउनु होला : भाजपा नेता जोली

बुधबार, जेठ ७, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् ।  काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिँदै उनले भारतले युद्ध नचाएको बताएका हुन् ।  ‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले भनेका छन्, आदेश छ हामी पूरै दक्षिण एसियामा आतङवादको परिक्षण गर्न दिँदैनौ । भारत युद्ध चाहँदैन । भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा शहीद भएका २६ जना मानिसहरू जसमा एकजना नेपालीमूलको भाई पनि थियो’, उनले भने ।  उनले थप भने, ‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङवादीहरूले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’  उनले कश्मीर घटनामा नेपालका प्रधानमन्त्रीले १२ घण्टाभित्र फोन गरीे भाइचारा सम्बन्ध निर्वाह गरेको भन्दै पाकिस्तानको कारण सार्कको औचित्य घटेको बताए ।  

Photo-(4)-(1)-1747829952.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार