सर्विस सप्ताहमा शनिबार गरे ५४ जनाले रक्तदान 

शनिबार, असार १९, २०७८

ललितपुर । लायन्स क्लब अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ ए १ का २२ वटा क्लब र चन्द्र सुर्य सहकारीको संयुक्त आयोजनामा लायन्स सर्विस सप्ताहको अवसरमा शनिबार बिहान सातदोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुमेरु मार्ट सातदोबाटोमा भएको रक्तदान कार्यक्रम ५४ जना स्वमसेवी रक्तदाताले रक्तदान गरेका थिए । जुलाई १ देखि ७ सम्म समाजसेवा बिभिन्न कार्यक्रम गर्ने क्रममा आज रक्तदान सम्पन्न भएको हो । सुमेरु अस्पतालको प्राविधिक सहयोगमा सोही अवसरमा व्लड सुगर र किड्नीको निःशुल्क परिक्षण पनि गरिएको थियो ।  रगत अभावलाई मध्यनजर गरि रक्तदान कार्यक्रम को आयोजना गरिएको हो । मृत्युसँग लडिरहेको विरामीको जीवन बचाउन सकिन्छ भन्ने पवित्र उद्देयले लायन्स क्लब अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ ए १ मा आवद्ध क्लबहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असार १९, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असार १९, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असार १९, २०७८