सात दिन पछि बढ्यो सेयर, कारोबार भने घट्यो

सोमबार, जेठ ५, २०८२
Global Ime Bank

काठमाडौ । सात दिन पछि आज सेयर बजार बढेको छ । जसअनुसार सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेर रोकिएको छ । आज १ करोड ६२ लाख ५ हजार ५ सय ६५ कित्ता खरिदबिक्री हुदाँ आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर खरिद बिक्री बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । हिजो ८ अर्ब ५० करोड बढी कारोबार भएको थियो । आज १८५ कम्पनीको मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार