समुदायहरू परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा : संस्कृतिमन्त्री 

आइतबार, जेठ ४, २०८२
मयुर प्लाई

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन् ।  विश्व संग्रालय दिवस २०२५ को अवसरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भएपनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरे । तीव्र बसाइँसराइ र सामाजिक रुपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए । मन्त्री पाण्डेले संग्रालयहरू केवल वस्तुहरूको संग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे । उनले भने, ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उचित सम्मान र चर्चा पाउनु पर्छ । संग्रालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिवद्ध छ ।’  उनले संग्रालयको महत्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गरे ।
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार