तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार, जेठ २, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार