सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो । यस सन्दर्भमा युरोपेली केन्द्रीय बैंकले जलवायु परिवर्तनका कारण विश्वभर बढेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण गरेको थियो । तथ्याङ्कपछि बैंकले सन् २०३५ सम्म अर्थात अबदेखि १० वर्षसम्म बढदो तापक्रमका कारण मुद्रा स्फीति वार्षिक ०.५ देखि १.२ प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । जसका कारण खाद्यान्नको मूल्य दोब्बरले बढ्न सक्छ । उता, जलवायु परिवर्तनका कारण तापक्रममा बृद्धि भई खाना पछि मानिसलाई आवश्यक पर्ने निद्रामा ठूलो समस्या सिर्जना भएको छ । तापक्रम घटाउनका लागि हामीले एयर कन्डिसनर चलाउँदै आए पनि रातमा बढ्दो तापक्रमले हाम्रो निद्रामा बाधा पु¥याइरहेको हुनेछ । यस सम्बन्धमा चीनको फुडान विश्वविद्यालयले मानिसको निद्राको बारेमा एक डाटाको विश्लेषण गरेको थियो । जस अन्तर्गत युनिभर्सिटीका अनुसन्धानकर्ताले दुई करोडभन्दा बढी मानिसमाथी रातीको निद्राको अनुगमन गरेका थिए । जसमा कुनै पनि रातमा १० डिग्रीले तापक्रम बढेमा पर्याप्त निद्रा नपुग्ने सम्भावना २० प्रतिशतले बढेको पाइएको छ । बढ्दो तापक्रमका कारण यस शताब्दीको अन्त्यसम्ममा चीनका हरेक व्यक्तिले वार्षिक ३३ घण्टाको निन्द्रा गुमाउन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् ।