गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

शुक्रबार, वैशाख २६, २०८२
मयुर प्लाई

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए । सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता  कोश्यारीले नेपाल र भारतबीच सदियौदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको सम्वन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार