गैरकानुनी रुपमा पैठानी गरिएका विरुवा नष्ट 

बिहीबार, वैशाख २५, २०८२
मयुर प्लाई

ललितपुर । प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र हरिहर भवनले भारतबाट अवैध रुपमा भित्र्याएको माटोसहितका विरुवा र कोकोपिट नष्ट गरेको छ ।  पेटल्स ट्रेडिङ कम्पनी प्रा.लि. खुमलटारले विभिन्न प्रजातिका तथा आलंकारिक विरुवा भारतबाट कानुनी प्रक्रिया पूरा नगरी भित्र्याएको पुष्टि भएपछि ती विरुवा नष्ट गरिएको हो ।  भारतबाट उक्त कम्पनीले माटोसहित विरुवाहरु र कोकोपिट अवैध रुपमा पैठारी गरेको भन्दै उजुरी परेपछि केन्द्रले बरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेल र निरीक्षक प्रमोद ठगुन्नसहितलाई स्थलगत निरीक्षणमा पठाएर गरेको अनुसन्धानबाट उक्त कार्य गैर कानुनी ठहरिएपछि विरुवाहरु तथा कोकोपिट नष्ट गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रले जनाएको छ ।  स्थलगत निरीक्षण गर्दा टोलीले माटोसहितको विभिन्न प्रजातिको आलंकारिक विरुवाहरु फेला परेपछि प्रहरीले ति विरुवा नियन्त्रणमा लिएको थियो । 

viber_image_2025-05-07_19-21-55-1746684483.jpg
क्वारेन्टाइन प्रक्रिया नपुर्‍याइ, प्रवेश अनुमति पत्र नलिएको,  नाकामा रहेको क्वारेन्टाइन कार्यालयमा पेश गर्नुपर्नुपर्ने कागजात पेश नगरेको, क्वारेन्टाइन कार्यालयबाट छोडपूर्जी नलिएको, माटोसहितको विरुवा स्वस्थताको कुनै प्रमाण नरहेको र उपचार गर्न प्राविधिक रुपमा सम्भव नभएको, ती विरुवा रोपण गर्दा समग्र विरुवा स्वास्थ्य तथा जैविक सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भएको र जहाँबाट ल्याइएको हो सम्बन्धित देशमा फिर्ता गराउन सम्भव नभएकाले विरुवा संरक्षण नियमावलीको नियम अनुसार प्रक्रिया पुर्‍याइएर नष्ट गरिएको कार्यालयले जनाएको छ ।  ललितपुर महानगरपालिकका जनप्रतिनिधि, बरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलसहित प्रहरीको रोहबरमा विरुवा नष्ट गरिएको ललितपुर महानगरपालिका २३ नं. वडाका वडा सदस्य राजनमल्ल ठकुरीले जानकारी दिनुभयो । 

viber_image_2025-05-07_19-21-60-1746684487.jpg
viber_image_2025-05-07_19-21-57-1746684484.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार