लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ ई को डिष्ट्रक गभर्नर चुनिए हिरा प्रसाद गुप्ता 

प्रथम भाईस डिष्ट्रिक गभर्नरमा श्यामकुमार यादव, द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा बिमल कुमार श्रेष्ठ
बुधबार, वैशाख २४, २०८२
मयुर प्लाई

काठमाडौं । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ ई को तेश्रो वार्षिक अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ। यस अधिबेशनबाट लायन वर्ष २०२५र२६ का लागि डिष्ट्रक गभर्नरमा लायन हिरा प्रसाद गुप्ता, प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन श्यामकुमार यादव, द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा लायन बिमल कुमार श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा सम्पन्न अधिवेशनमा डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले बर्ष भरिको कामहरुको वेरामा प्रकाश पारे । डिस्ट्रिक्टको महत्वपूर्ण कामहरु सम्पन्न गर्न सहयोग गर्ने लायनहरुलाई उनले सम्मान पनि गरे । 

88dd019f-427e-4568-84be-1a3c956a90c9-1746576486.jpeg
लायन्स अन्तर्राष्ट्रीयका अन्तर्राष्ट्रीय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता र पूर्व निर्देशक लायन संजय खेतानको विशेष आतिथ्यतामा सम्पन्न डिस्ट्रिक्ट अधिवेशनमा क़रीब ५०० लायन सदस्यहरुको सहभागिता रहेको थियो । पूर्वराजदूत महेश दाहाल विशेष वक्ता रहेको उक्त कार्यक्रममा सेक्रेटरी लायन अमर बहादुर कुँवर र ट्रेजरर लायन प्रमोद घिमिरेले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेका थिए । 

8ff90909-9a93-4069-9ae8-70bfe927ff42-1746576487.jpeg
प्रमुख अतिथि अन्तर्राष्ट्रीय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले डिस्ट्रिक्ट ३२५ ई नेपालमा मात्रै नभएर विश्वमा नै उत्कृष्ट डिस्ट्रिक्टको रुपमा रहेको बताए । डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको कुशल नेतृत्वमा सेवा, सदस्यता बृद्धि, योगदानमा अब्बल रहेको कुरा उनले कार्यक्रममा मन्तव्य  राख्ने क्रममा जानकारी दिए । डिस्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको अध्यक्षता र सेक्रेटरी लायन अमर कुंवरले सञ्चालन गरेको भव्य र सभ्य कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।

f1295582-e647-44d5-b231-16b590de8a3f-1746576480.jpeg
99257395-1d82-4ed0-b18e-2236c8fbbf5d-1746576476.jpeg
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार