एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड

मंगलबार, वैशाख २३, २०८२
मयुर प्लाई

जनकपुर । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद उत्पन्न भएको छ । 
निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो ।
विवाद चर्किंदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भयो । केही नेताकार्यकर्ताले निर्वाचन समितिमाथि आक्रोश व्यक्त गर्दै कुर्सी प्रहार गरेका थिए भने वर्तमान अध्यक्ष राजकिशोर यादवमाथि समेत कुर्सी प्रहार भएको आरोप लागेको छ ।
अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो । उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।
पार्टीभित्र महासेठ समूह र मण्डल–अरगरिया–झा समूहबीच गुटगत प्रतिस्पर्धा देखिएको छ। दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । क्रियाशील र योगदान गरेका युवाहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो एमालेभित्रै उठिरहेको छ, जसले नेतृत्व चयन प्रक्रिया र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठाएको छ ।

bibad-amale-(3)-1746549748.jpg
bibad-amale-(4)-1746549751.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार