साढे ६८ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कर्जा लगानी सुस्त 

मंगलबार, वैशाख २३, २०८२
मयुर प्लाई

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तीन अर्बले बढेर साढे ६८ खर्ब नाघेको हो । अघिल्लो दिन अर्थात् बैशाख २० गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ६८ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा तीन आठ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा तीन अर्ब निक्षेप थपिँदा एक अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७९.२० बिन्दुमा झरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार