दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

मंगलबार, वैशाख २३, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भयो ।   मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२ः १५ बजे बसेका थिए । सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल भोलि पनि जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : जसपा अध्यक्ष 
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग अध्यक्ष यादवले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नुबाहेक अरु औचित्य नरहेको जिकिर गरेका हुन् ।  नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवादउन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टिकाटिप्पणी बाहेक के हुनेवाला छ । औचित्य के छ,’ उनले भने । अध्यक्ष यादवले समाजवादउन्मुख भएको भए उपभोक्ता वर्ग, गरिब, किसान, मजदुर, सर्वहारा,मधेशी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार