सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको निधन भएको हो । पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री नेपालको ७१ बर्षको उमेरमा निधन भएको हो । एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री नेपाल प्रगतिशील साहित्यकार पनि हुन् । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेपाल वैचारिक नेता थिए ।