ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो 

मंगलबार, वैशाख २३, २०८२
Global Ime Bank

रामेछाप । ओखलढुङ्गामा करेन्ट लागेर हिजो एक मजदुरको ज्यान गएको छ ।  जिल्लाको खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलालीको हसुलिया–४ का ३० वर्षका बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।  चौधरी सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको मजदुर थिए । चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए ।   घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार