सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले एसईई दिएर बसेका बालबालिकाहरूका लागि उद्घोषण तथा व्यक्तित्व विकास तालिम दिएको छ । वडा कार्यालयले आ.व. २०८१/०८२ को वडा स्तरीय बजेटबाट वडामा स्थायी बसोबास भएका बालबालिकाका लागि उक्त तालिम कार्यक्रमको आयोजना गरेको हो । तालिम एक सातासम्म (वैशाख २८ गतेसम्म) जारी रहने छ । तालिम कार्यक्रमको एक कार्यक्रमका बीच वडाअध्यक्ष जीवन महर्जनले सोमबार उद्घाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष महर्जनले व्यक्तिलाई पहिलो पटक भेट्दा उसको व्यक्तित्व कस्तो छ भन्ने कुराले छाप छाड्ने हुँदा बोलीचाली, रहन रहनमा ध्यान दिनुपर्ने बताउनुभयो । वडा सदस्य राजन मल्ल ठकुरीले बालबालिकाको व्यक्तित्व विकास तथा क्षमता विकासका लागि वडा कार्यालयले वर्षेनी कार्यक्रम गर्दै आएको जानकारी दिँदै यस्ता कार्यक्रमबाट लाभ लिन बालबालिकालाई सुझाव दिनुभयो । सामाजिक परिचालक सावित्रा गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षक शंकर प्रधानले बालबालिकाहरुलाई व्यक्तित्व विकासका विविध पक्षकाबारे सैद्धान्तिक कुरा बताउनु भएको थियो । एसईई दिएका बालबालिकाहरु प्रशिक्षण लिन आएको कार्यक्रमको पहिलो दिनको उद्घाटन सत्रमा वडाअध्यक्ष जीवन महर्जनसहित वडा सदस्य राजन मल्ल ठकुरी, किरण खड्का वडा सचिव हुमनाथ पौडेल, वडाका प्राविधिक इन्जिनियर सुमित विष्टसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।