दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

मंगलबार, वैशाख २३, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ । मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२ ः १५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।  बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार