दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश

सोमबार, वैशाख २२, २०८२
मयुर प्लाई

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो ।

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Rabindra-Mishra-1727087264.png
 

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार