नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाइ १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मूल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्यसचिव माधवी चौधरी माथि मुद्दा दर्ता गरेको हो । अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्धा दायर गरिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार