कारले मोटरसाईकललाई ठक्कर दिँदा रौतहटमा बाबु छोरीको मृत्यु

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पूर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ । हेटौडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले  निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनिको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर  गम्भिर घाइते भएका थिए । सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् । त्यस्तै मोटरसाईकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारातर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे  डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन् । ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने  वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ।‍साइकल-1746352883.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार