ललितपुर महानगरले बनायाे पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय 

नगर प्रमुख भन्छन्, ‘यो मुलुक भरकै पालिकाको लागि सो केस प्रोजेक्ट हो’ 
आइतबार, वैशाख २१, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ । उक्त शौचालय आइतबारदेखि संचालनमा आएको हो । शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘ हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागिसहज हुन्छ ।’ पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने बताए । महानगर प्रमुख महर्जन चिरीबाबु महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए ।

494362177_2717787698421911_6753236754189654399_n-1746350064.jpg
यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।  आधुनिक प्रविधिको अपाङगता मैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय , १ वटा अपाङगतामैत्री शौचालय ,  १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्री समेत रहेको छ । संस्कृति पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्वपूर्ण भएको बताए ।  ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको बताइन् । पर्यटकलाई सुविधा दिदैँ पुरातात्विक महत्व पनि कायम राख्ने गरी महानगरले  अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको बताइन्  । 
महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयव मध्ये सार्वजनिक शौचालय पनि एक हो भएको बताए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरै वटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए । 
पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, 
‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौ ।’ पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको बताए । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट  काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायल सहित दुई पाखे गरी निर्माण गरिएको छ । 
महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।

495269023_1201706915070109_4186418067490104606_n-1746350066.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार