कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए । उनले भने,‘मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकताहरु हुन् । हामीले चाहेका कुराहरु समेटिएर आएको हुनाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकरात्मक र रचनात्मक सुझावहरु सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने निर्णय भएको छ ।’ उनले आगामि बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जूमा गरियोस् भन्नको लागि त्यससम्बन्धि पनि नियर्ण गरिएको बताए ।  विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको समेत उनले सुनाए । 
यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
Shyam-Kumar-Ghimire-1746328367.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार