नागदहमा बृहत् सरसफाई (भिडियो)

शनिबार, वैशाख २०, २०८२
मयुर प्लाई

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं वडास्थित धार्मिक पर्यटकीय स्थल नागदहमा शनिबार बिहान बृहत सफाइ अभियानमा वडावासीको उल्लेख्य सहभागिता रह्यो । धापाखेलस्थित पबित्र धार्मिकस्थल अनन्त बासुकी नागदहलाई जलकुम्भी झारले ढाकेका कारण वडा कार्यालयको आयोजना तथा ललितपुर चक्रपथ सफाई अभियानको सहआयोजनामा बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।  बिहान ८ देखि दुई घण्टासम्म नागदह भित्र र वरपर सर सफाई गरिएको हो । नागदह सफाइ अभियानको शुभारम्भ वडा अध्यक्ष दिनेश जङ्ग पाण्डेले गर्नुभएको थियो ।  सफाइ अभिायनमा वडाका निर्वाचित जनप्रतिनिधि ईन्द्रा श्रीष राना, हरिकृष्ण महर्जन, सहआयोजक संस्थाका प्रतिनिधि सहदेव राउतसहित वडा नं. २४ मा रहेका महिला समूहका प्रतिनिधि,  राजनीतिक दलका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक, नेपाल प्रहरी, नगर प्रहरी, युवा, स्वास्थ्य संस्था, अभिभावक सँघ ललितपुर,आशा समूह, समाजसेवी, लायन्स क्लब, शिक्षक, बुद्दीजिबीसहितका वडावासीको उल्लेखनीय उपस्थित रहेको थियो ।  सफाइ अभियानका क्रमा ७ टन जल्कुम्भी निकालिएको थियो । कार्यक्रममा अभियानअन्तर्गत नियमित रुपमा सफाइ गरी नागदहमा रहेको जलकुम्भी निकालिने जानकारी गराइएको थियो । सहआयोजक संस्थाका प्रतिनिधि सहदेव राउतले नागदहमा फैलिएको जलकुम्भी झारलाई निकाल्न आफूहरूले नियमित रुपमा सफाइ गर्ने प्रतिवद्धता जनाएका थिए ।  सफाइ अभिायन नागदहको सौन्दर्यलाई निखार्न आयोजना गरिएको वडाअध्यक्ष दिनेश जङग पाण्डेले जानकारी दिनुभयो । उहाँले नागदहलाई अझ सुन्दर बनाउन यहाँ विविध खाले परियोजना कार्यान्वयन चरणमा रहेको जनाउँदै ती परियोजना सम्पन्न भएपछि नागदह साँच्यै नै मनमोहक हुने धारणा राख्नु भयो । सफाइ अभियानकै लागि वडा कार्यालयले सिर्जनशीपलाई १० जोर बुटसहित आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार