बारामा २२५ केजी लागुऔषध गाँजा सहित चार जना पक्राउ 

शनिबार, वैशाख २०, २०८२
मयुर प्लाई

रौतहट । बारा प्रहरीले लागुऔषध गाँजा २२५ केजी सहित चार जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको हो । ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पार्किङ गरी राखिएको ट्र्याक्टर ना.प्र. २–०३–००१ त ४८७६ बाट गाँजा बरामद भएको छ ।  प्रहरीले अनुसन्धानका क्रममा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए । ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए । पक्राउ परेका  चारै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार