सेता भैरव माँ पुचःद्धारा रक्तदान कार्यक्रम सम्पन्न 

शनिबार, वैशाख २०, २०८२
मयुर प्लाई

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडामा रहेको महिला समूह सेता भैरव माँ पुचःले शनिबार वडा कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त संचार सेवा केन्द्र पुल्चोकको प्राविधिक सहयोगमा माँ पुचःले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

blo-1746269499.jpg
रक्तदान जिवनदान भन्ने मुल नारासहित सुरु भएको रक्तदान कार्यक्रममा वडाका जनप्रतिनिधि, युवा समूह तथा टोलका महानुभावहरूले सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा सेता भैरव माँ पुचःका पदाधिकारीहरूले सक्रिय सहभागिता जनाएका थिए ।  सेता भैरव माँ पुचः ले आफ्नौ तेस्रो वार्षिक साधारण सभामै वडा कार्यालको समन्वय तथा सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गर्ने भावी योजना सार्वजनिक गरेको थियो । साधारण सभामा वडाअध्यक्ष दिनेश जंग पाण्डेले वडा कार्यालको समन्वय तथा सहयोगमा माँ पुचः लाई रक्तदान कार्यक्रम दिने घोषणा गर्नुभएको थियो ।

b-1746269497.JPG
_MG_6469-1746269496.jpg
_MG_6472-1746269496.jpg
_MG_6475-1746269496.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार