पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा

शनिबार, वैशाख २०, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको बताएकी छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार आयोजित प्रभातफेरीका क्रममा उनले पछिल्लो समय पत्रकारिता क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताइन् ।  उनले भनिन्, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरू पनि हामीले उल्लेख गरेका छौं, यो वर्ष अझ बढी पत्रकारहरूका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरूको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’ यस्तै, उनले पत्रकार माथि दुव्र्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।  आज विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्न लागेको पनि उनले जानकारी दिएकी छन् । 

Photo-(5)-(16)-1746253836.jpg
Photo-(2)-(17)-1746253840.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार