सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ । शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । संयुक्त बैठकका लागि सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् । सङ्घीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।