गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा

बिहीबार, वैशाख १८, २०८२
मयुर प्लाई

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । अहिलेको ब्यबस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक बिकासको सम्भावना नभएको भन्दै थापाले उदास,हतास र निरासालाई चिर्न ब्यबस्था परिबर्तन जरुरी भएकोमा जोड दिए । १६३ औ श्रमिक दिवसको अबसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पुर्ण राजाबादी,हिन्दुबादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे । बर्षा मौसम शुरु हुनु अगावै हामिले आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरु सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए । सम्पुर्ण श्रमिकहरुमा बधाई शुभकामना दिदै थापाले राप्रपा नेपाल सदैब श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार