सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । वर्षौँदेखि प्रसूति सेवा लिन ६ घण्टा पैदल यात्रा गरेर स्वास्थ्य संस्था धाउने सुत्केरी महिलाहरुका लागि मुगुको दुर्गम गाउँमा बर्थिङ सेन्टर स्थापनाले खुशीयाली छाएको छ । नार्थपु स्वास्थ्य सस्था र गमगढी बजारमा रहेको जिल्ला अस्पतालसम्म पुग्न तीन दिनसम्म लगाएर धाउने विरामीहरु सो गाँउपालिकाको नेर र लिब्रु गाँउमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुशी भएका ह्न । ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामूदायिक बिकास केन्द्र मुगुको प्राविधिक तथा साझेदारीमा नेरगाँउमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरले धेरैलाई राहत दिएको छ । सात कोठा एक तले भवन ६० लाख ८५ हजार ५ सय ७७ रुपैया र लिब्रुमा रहेको पाँचकोठा सहितको दुई तले ७२ लाख २१ हजार ३ सय २९ रुपैयाँ लागतमा बर्थिङ सेन्टर स्थापना भएको हो । विभिन्न सेवासुबिधासहित औषधी उपचारमा प्रयोग हुने लाखौं मूल्यका सामान एवम औजार, उपकरणसहित वर्थिङ सेन्टर सोरुगाँउपालिकालाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गाँउमा बर्थिङ सेन्टर नहुँदा टाढा धाउनुपर्ने नभए हेलिकोप्टरमार्फत सुर्खेत, नेपालगन्ज र काठमाडौं धाउनुपर्ने बाध्यता थियो । बर्थिङ सेन्टरको अभावमा केही बर्ष यता नेर र लिब्रु गाँउमा मात्र ६ दर्जन भन्दा बढी सुत्केरी आमाको मृत्यु भइसकेको छ । अव गाँउ घरमा औषधी उपकरणसहित बर्थिङ सेन्टर निर्माण भई सेवा सुरु भएपछि अकाल मृत्युबाट बाँच्नुका साथैं स्वास्थ्यमा सहज हुने भएकाले खुशी लागेको लिब्रु गाउँकी अंगसरा शाहीले बताइन् । वर्थिङ सेन्टरको माग भए अनुसार सोरु गाँउपालिकामा मात्र ६ वटा वर्थिङ सेन्टर निर्माण भइरहेका छन् । चारवटा बर्थिङ सेन्टर ब्याक टु लाईफ इभीले आफ्नै कर्मचारी राखेर सन्चालनमा ल्याएको छ । अन्य दुईवटा सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरी पालिकाबाट सन्चालन हुनेछन् । थप सहयोगका लागि ब्याक टु लाइफ इभीका प्रतिनिधी महेश दत्त पन्थले बताए ।