सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा होहल्ला भएको छ । बिहीबार काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरू असन्तुष्ट हुँदै विरोध जनाएका हुन् । शिक्षकहरूले गरेको सहमतिमा विरोध जनाउँदै उनीहरू नेतृत्वमाथि खनिएका हुन् । विद्यालयका कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएका छन् । उनीहरूले बैठकमा हो–हल्ला गरेका छन् । कर्मचारीहरूले होहल्ला गरेपछि समाचार संकलनका लागि पुगेका सञ्चारमाध्यमलाई पनि बाहिर निकालिएको छ । ‘आफ्नो माग मुद्दामा परेन भनेर विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउनु भएको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । आन्दोलनको उपलब्धिको जानकारी र बधाई दिन कार्यक्रम आयोजना गरिएको उनले बताइन् । गत चैत २० देखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले हिजोमात्रै सरकारसँग ९ बुँदे सहमति गरेका थिए ।