सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज मे दिवस अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तरराष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन मनाउने गरिन्छ । विश्वभरका श्रमिक वर्गहरुले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस मनाउदै आएका छन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ को परिवर्तनसँगै श्रम दिवस मनाइन थालिएको हो । २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा आजको दिन सार्वजनिक बिदा समेत दिन थालिएको छ । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।