सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरमा रहेका चार सय ७९ वटा महिला समूह मध्ये सप्तखेल महिला समूह बालकुमारी (वडा न.९)सर्वोकृष्ट भएको छ । महानगरले आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा तथा पुरस्कार वितरण कार्यक्रममा प्रथम पटक, दोस्रो पटक र तेस्रो पटक उत्कृष्ट भएका महिला समूहको नाम पनि घोषणा गरिएको थियो । प्रथम पटक उत्कृष्ट भएका महिला समूह पाँच वटा छन् । दोस्रो पटक उत्कृष्ट हुने महिला समूह तीन वटा छन् । तेस्रो पटक उत्कृष्ट हुने महिला समूह १ वटा रहेको छ । पहिलो पटक उत्कृष्ट हुनेमा थसिखेल महिला समूह (वडा नं.५) , ज्याठा मिसा पुच : (वडा नं.६), चाःवहा महिला वचत तथा ऋण समूह (वडा नं.१२) , सामुदायिक महिला उद्यमी समूह ( वडा नंं. १४), ईकुवहाननी मिसा पुच ः (१९) रहेका छन् । दोस्रो पटक उत्कृष्ट हुनेमा दथुलँ महिला समूह (वडा न..११) , रत्नाकार उद्यमी महिला समूह (वडा नं.१६) , विहार महिला समूह (वडा नंं.२९)रहेका छन् । त्यसैगरी तेस्रो पटक उत्कृष्ट हुनेमा श्रुष्टि महिला समूह (वडा नंं.२) रहेको छ ।
सर्वोत्कृष्ट र उत्कृष्ट हुनेलाई नगर प्रमुख चिरीबाबु महर्जन र नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य मायाको चिनो र सम्मान पत्र प्रदान गरे । कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले राजनीतिमा महिलाको संख्या वृद्धि हुनुपर्ने बताए । उनले भने,‘ललितपुर महानगरमा ८४ सालमा कम्तीमा तीन जना वडा अध्यक्ष महिला आउनुस् । ’ सल्यानको शारदा नगरपालिकामा मा एक जना महिला वडा अध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हालेको प्रसंग सुनाउँदै उनले भने, ‘केही दिन अघि शारदा गएको थिएँ, वडा नं.३मा महिला वडा अध्यक्ष हुनुहुँदो रहेछ, एकदम खुशी लाग्यो । ’ उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिलाहरु आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढ्नुपर्ने बताउँदै प्रतिस्पर्धामा अघि पछि हुनु स्वभाविक भएको बताइन् । महानगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनले समूहमा आबद्ध भएर तालिम लिएका महिलालाई उद्यमी बन्न अनुरोध गरे । उनले आफू आबद्ध महिला समूहलाई चुस्त बनाउन सबै महिला सक्रिय हुनुपर्ने बताए । यस वर्ष महानगरमा ९ वटा महिला समूह थपिएको जानकारी उनले दिए । उनले महिला समूहको व्यवस्थापन गर्न महानगरले कार्यविधि लागू गर्ने तयारी गरेको जानकारी दिए । उत्कृष्ट महिला समूह मुल्यांकन समितिका संयोजक अनिलवीर बज्राचार्यले महिला समूहका सदस्यहरुले लिएको सीपमूलक तालिम, क्षमता अभिवृद्धि कार्यक्रममार्फत भएको रोजगारी सिर्जना, जनशक्ति परिचलन, प्रतिवेदन तयार गरी गरेको सम्प्रेषणका आधारमा मूल्याङकन गरी महिला समूह छनोट गरेको जानकारी दिए ।