जनमत-उन्मुक्ति बीच एकीकरण हुँदै

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

काठमाडौं । तराई मधेस केन्द्रित दुई दल बीच आज पार्टी एकीकरण हुँदैछ । संघीय संसदका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति बीच आज पार्टी एकीकरण हुन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ । साथै, उन्मुक्तिको चुनाव चिह्नन ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको  छ । एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठूलो पार्टी हुनेछ। सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्सीय केन्द्रिय पदाधिकारी, ५१ सदस्सीय केन्द्रिय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रिय सदस्य रहने छन्  । जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार