खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो 

मंगलबार, वैशाख १६, २०८२
मयुर प्लाई

एजेन्सी । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको लागि एक प्रमुख केन्द्रको रूपमा उदाइरहेको छ । जहाँ यहाँ विकसित उपकरणहरू र प्रणालीहरू विश्वभरका देशहरूमा निर्यात भइरहेका छन् । शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ । एक्सोस्केलेटन निर्माता कम्पनीले भारी बोक्नेदेखि माथिल्लो तलामा हिंड्ने सबै काम गर्न मद्दत गर्ने रोबोटको विकास गरेकाले माग बढ्दो रहेको जनाएको छ । शेन्जेन कोन्चिन टेक्नोलोजीका महाप्रबन्धक यु युन्बोले एक्सोस्केलेटन रोबोटले माउन्ट ताईमा पर्वतारोहीहरूमाझ अत्यधिक लोकप्रियता हासिल गरेकाले विश्वभरका १०० भन्दा बढी साझेदारहरू सम्पर्कमा आएको उल्लेख गरे । मार्चमा, शेन्जेन शहरले २०२७ सम्ममा लगभग १४ अर्ब अमेरिकी डलरको कारोबार गर्ने  लक्ष्य राख्दै मूर्त बौद्धिक रोबोट उद्योग विकास गर्ने तीन वर्षे योजना घोषणा गरिसकेको छ । (सीसीटीभीप्लस)

Photo-(21)-(2)-1745930292.jpg
Photo-(2)-(8)-1745930295.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार