आजदेखि हवाई सेवा सुरु हुँदै 

विमानस्थल सुरक्षाका विषयमा छलफल 
बिहीबार, असार १७, २०७८

बझाङ । बिहीबारदेखि हवाई सेवा सञ्चालन हुने भएपछि बझाङको देवल विमानस्थलको सुरक्षाको विषयमा सरोकारवालासँग छलफल गरिएको छ । बिहीबारदेखि नियमित हवाई सेवा शुरु हुने भएपछि समिट एयरलाइन्स धनगढी—बझाङ सञ्चालक समितलेसरोकारवालासँग सुरक्षा तथा विमानस्थलमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल भएको छ ।  सो अवसरमा देवल विमानस्थलका प्रमुख भानुभक्त आचार्यले सुरक्षामा केही सुधार भए मात्र हवाई सेवालाई निरन्तरता दिन सहज हुने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले प्रहरीले मात्र विमानस्थलमा सुरक्षा दिन नसक्ने भएकाले स्थानीयवासीले पनि सहयोग गर्न जरुरी हुन्छ भने । एयरलाइन्सका सञ्चालक किशोर खड्काले भोलि बिहीबारदेखि धनगढी, बझाङ र नेपालगन्जमा नियमित उडान गर्ने जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असार १७, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असार १७, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असार १७, २०७८