नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउन आग्रह गरेका छन् । संसदको आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन् । नेपाल सरकारले यही  मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरुलाइ पनि परिचालन गरियोस भन्दै सुझाब दिने क्रममा सो धारणा राखेका हुन् । ‘पहिलो,  हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनायोस  ।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तरराष्ट्रिय समुदायमा जागरुकता अभिवृद्धि गरोस,’ उनको सुझाव रहेको छ, ‘दोश्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस । ‘तेश्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस । नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ को  रुपमा विकास गरोस्,’ उनको थप सुझाव रहेको छ, ‘चौथो, जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यकपर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गरोस ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार