गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली सम्पन्न, डुङ्गा र्‍याली पनि गरिने

शुक्रबार, वैशाख १२, २०८२
मयुर प्लाई

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप साइकल र्‍याली सम्पन्न भएको छ । गण्डकी कोटिहोमको प्रचार स्वरुप साइकल र्‍यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्‍यालीको आयोजना गरिएको हो । बिरौटा कोटीहोम स्थलबाट सुरु भएको र्‍याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो ।  स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्‍याउन  र्‍याली गरिएको महायज्ञका संकल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए । फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्‍याली, बैशाख १३ गते ट्याक्सी र्‍याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार