सरस्वती–रुपा विभेद प्रकरण : रुपाविरुद्ध मानवअधिकार आयोगमा उजुरी

बुधबार, असार १६, २०७८

काठमाडौँ । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिएकी छन् ।  घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिएकी छन् । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अपराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आपराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार १६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार १६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार १६, २०७८