संसदको छैटौं अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची

शुक्रबार, वैशाख १२, २०८२
मयुर प्लाई

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ  । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनेछन् । राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीका कार्यभार र मन्त्रिपरिषद् गठन सबन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट प्राप्त कार्याभार थप सबन्धी ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख गरिएको छ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् । अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफनो मनतब्य राख्नेछन भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बैकल्पिक विकास बित्त परिचालन बिधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार