वार्ताबाट शिक्षकहरुको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

बिहीबार, वैशाख ११, २०८२
मयुर प्लाई

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको  कुराकानीमा उनले शिक्षकहरुको मागबारे आफू जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए ।  उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन् । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन् । अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’ 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार