नदीमा फसेका चार जनाको सकुशल उद्धार

बुधबार, असार १६, २०७८

लहान । कमला नदीको बीच भागमा घेरिएका तीन महिलासहित चार जनालाई आठ घण्टापछि आज बेलुका सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । नदीको बीच भागमा रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका—३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर  बीच भागमा घेरिएका थिए । बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प्रयासपछि तीनै महिलालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उद्धार गरिएका महिलालाई आफन्तको जिम्मा लगाइएको प्रनाउ श्रेष्ठले बताए । यस्तै सोही नदीको बीच भागमा पर्ने जङ्गलमा छाप्रो थापेर बस्दै आएका धनुषाको कजरा निवासी ४० वर्षीय साधु बाबालाई समेत उद्धार गरेको प्रहरीले जनाएको छ ।-रासस

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार १६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार १६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार १६, २०७८